- अर्थ सरोकार सम्बाददाता
भरतपुर – भरतपुर महानगरपालिका १९ मा बैशाख ३१ मा भएको निर्वाचनको मतगणना भइरहदा माओवादीका प्रतिनिधि तथा कार्यकर्ताले मतपत्र च्यातेपछि सर्वोच्च अदालतले आजका लागि पुन मतदान गराउन आदेश दिएको थिए ।
बिहानदेखि भइरहेको मतदानमा अहिलेसम्म २ हजार ३ सय मत खसिसकेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा अहिलेसम्म शान्तिपूर्ण माहोलमा मतदाताहरुले मतदान गरिरहेका छन् । भरतपुर १९ नं वडामा जम्मा ३ हजार ७ सय ९७ मतदाता रहेका छन् । मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ ।