
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – डा. भीमार्जुन आचार्य । चर्चित वकिल । उनले जीवनमा थोरैमात्र मुद्धा हारेका छन् । त्यहि भएरपनि होला उनलाई चुडामणि शर्माले आफ्नो वकिल बनाएका छन् । जीवनमा खासै मुद्धा नहारेका आचार्यले चुडामणि शर्माको मुद्धा पनि हार्दैनन् भन्ने चर्चा एकातर्फ थियो भने भने यो मुद्धा हारे भने उनले जीवनमा हारेको सबैभन्दा ठुलो मुद्धा हुनेछ भन्ने चर्चा चलेको थियो । तर अन्तत : चुडामणि शर्माकै पक्षमा सर्वोच्चले फैसला गरेको छ ।
चुडामणी शर्मासँग ३ अर्ब रुपैयाँ धरौटी मागिएसँगै अव आचार्यले मुद्धा जित्छन् भन्ने अड्कल काट्नेहरु बढेका थिए । मंगलबार मात्र शर्मालाई थुनामा राख्ने काम गैरकानुनी हो भन्दै सर्वोच्चमा रिट परेको थियो । भीमार्जुन आचार्य यसको चर्को तयारीमा रहेको खबर अर्थ सरोकार डटकमले यसअघि नै सार्वजनिक गरेको थियो । धरौटी रकमका बारेमा शर्माले आफ्ना वकिल डा. भीमार्जुन आचार्यसँग उक्त दिननै परामर्श गरेका थिए । अन्तत एक रुपैयाँपनि नतिरी उनी हिरासतमुक्त भएका छन् । यसले चुडामणि शर्मालाई त पक्कै खुसी बनाएको छ नै, त्यो भन्दा बढी भीमार्जुन आचार्य खुसी भएको बुझिएको छ ।
आयोगमा कूल १७२६ निवेदन परेकोमा १०६९ वटा उपर कारबाही गरि कर बक्यौता मिनाहा दिने निर्णय गरेको थियो। कूल ४० अर्ब ८३ करोड रुपैयाँ बराबरको बक्यौता मिनाहाका लागि निवेदन परेको थियो। त्यस मध्ये आयोगले ३० अर्ब ५२ करोड ५८ लाख रुपैयाँ बराबरको निवेदन फर्छ्यौट गरेको थियो। जसमा नौ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ कर तिर्न लगाएर बाँकी २० अर्ब ९८ करोड रुपैयाँको बक्यौता मिनाहा गरेको हो। कूल निवदेन परेको मध्ये १० अर्ब ३० करोड ७६ लाख रुपैयाँ फर्छ्यौट हुन बाँकी रहेको छ ।



घुमाउरो पारामा सर्वोच्च अदालतले घुमाउरो प्रमा चुडामणि शर्मालाई अव मुद्धा नै नचल्ने गरी फैसला गरेको छ । अदालतले कर फर्छ्योट आयोगलाई समेत कानुनी भएको ठहर गर्दै अख्तियारले क्षेत्राधिकार मिचेको उल्लेख गरेको छ । सर्वोच्चले आफ्नो आदेशमा कर फर्स्यौट आयोग अर्ध न्यायिक प्रकृतिको हो भन्ने निर्क्यौल भइसकेको उल्लेख गरेको छ।
आफ्नो फैसलामा सर्वोच्च अदालतले यो मुद्दा अख्तियारको कार्यक्षेत्रमै नरहेको समेत भनेको छ । शर्मालाई थुनामा राख्ने उद्देश्य राखेको आरोप पनि घुमाउरो हिसाबले सर्वोच्चले लगाएको छ । यो फैसलासँगै मुद्दा हेरिरहेका विशेष अदालतमा न्यायाधीशहरुलाई भने अप्ठेरो पारिदिने स्पष्ट देखिन्छ । अदालतको आदेशमा अख्तियारको हिसाबै काल्पनिक रुपमा गरिएको आरोप छ ।
फैसलाका मुख्य बुँदा हेर्नुहोस् :




हेर्नुहोस् पूर्ण फैसला







Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्