
- अर्थ सरोकार सम्बाददाता
भोजपुर – स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि जिल्ला सभाको पहिलो बैठक बसेको छ । सभाको पहिलो रहेको उक्त बैठकले भोजपुरमा नौ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको स्थानीय विकास अधिकारी सीता परियारले जानकारी दिएकी छिन् । जिल्ला समन्वय समिति भोजपुरकोे निर्वाचन आगामी साउन २९ गतेका हुने भएको छ ।
सभापतिमा नेपाली काँग्रेसको तर्फबाट विश्वनाथ पराजुली, डम्बर श्रेष्ठ र नेकपा (एमाले)का तर्फबाट लक्ष्मण खड्का, सविना राईको नाम चर्चामा रहेको छ जसका लागि मनोनयन दर्ता २७ गते गर्नुपर्नेछ । निर्वाचनमा नगरपालिका र गाउँपालिका प्रमुख, उपप्रमुख १८ जनाले मतदान गर्न पाउने भएका छन् ।
जिससका लागि मतदातामा नेकपा (एमाले) बाट नौ, नेपाली काग्रेसका पाँच र नेकपा (माओवादी केन्द्र)का चारजना रहेका छन् । एक प्रमुख, एक उपप्रमुख, तीन महिला र कम्तीमा एकजना दलित वा अल्पसंख्यकसहित ९ सदस्यीय जिल्ला समन्वय समितिको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत प्रकाश श्रेष्ठले साउन २९ का लागि कार्यतालिका सार्वजनिक गरेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्