
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयरले चढ्ने गाडी महँगो भयो भनी सामाजिक सञ्जालमा समाचार, लेख देखि स्टाटस सम्म आलोचना सहित टिकाटिप्पणी भइरहेको छ । यस्तै हल्लालाई लिएर काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफुले डेढ करोड मूल्य पर्ने जापानिज टोयोटा कम्पनीको गाडी चढ्नु अस्वाभाविक नभएको बताएका छन् । उनले आफू निर्वाचित हुनु भन्दा पहिले नै महानगरपालिकाले उक्त गाडी आफ्नो दैनिक प्रयोजनअन्तर्गत खरिद गरेको बताउका छन् । यो आफ्नो व्यक्तिगत चाहना नभएको पनि उनले प्रष्ट पारेका छन् ।
शाक्यले अहिले हाल सत्तरी लाख मूल्य पर्ने तत्कालीन प्रमुख तथा कार्यकारी अधिकृत चढ्दै आएको गाडी प्रयोग गर्दै आएका छन् । शाक्यले आफू निर्वाचित भई काम गरेयता महानगरपालिकाले काठमाडौंका सडकको धुलो सफा गर्नका लागि ब्रुमर खरिद प्रक्रिया अघि सारेको र विकासका लागि आवश्यक उपकरणहरु खरिदबारे सञ्चारमाध्यमहरुले अतिरञ्जना गरेको बताउँदै आफू निर्वाचित भएपछी महानगरको विकासका लागि आवश्वक पर्ने एक्सावेटर, जेट, ट्रिपर, जक्सन मेसिन खरिद प्रक्रिया पनि अन्तिम चरणमा पुर्याएकोले के यी सबै सामग्रीलाई अब अनावश्यक ठान्ने ? भनेर प्रश्न उनले उल्टो प्रश्न सोधेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्