
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको आन्तरिक मामिला भारतीय बजारमा लिलाम गरेको चर्काे आवाज उठिरहेका बेला नेपाली कांग्रेसका कार्यबहाक सभापति विमलेन्द्र निधिले बचाउ गरेका छन् । ‘चीन पुगेर केपी ओलीले संघियता हाम्रो चाहाना नै होइन भन्न मिल्ने, माधव नेपाल उत्तर कोरिया जान मिल्ने छिमेकी देशका प्रधानमन्त्रीसँग संविधान संशोधनमा फेरी प्रयास गर्छु भन्न प्रधानमन्त्रीले किन नपाउने’ निधिले बचाउ गर्दै भने ।
प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग फेरी संविधान संशोधनको प्रयास गर्ने बताएका थिए । नेपालको संविधान संशोधन गर्ने या नगर्ने बिषय नेपालको आन्तरिक मामिला भएको भन्दै परराष्ट्रबिद्, कुटनीतिक नियोग, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपत्ति जनाएका थिए ।
प्रधानमन्त्रीको अभिब्यक्ति सर्वत्र आलोचित भइरहेका बेला निधिले एमाले अध्यक्ष केपी ओलीमाथी निशाना साँधेका छन् । ‘ओली चीन जाँदा चिनिया नेताहरुलाई संघियता आफुले नचाहँदा नचाहँदै भयो, भन्ने अभिब्यक्ति दिएको हामीले भुलेका छैनौ’ निधिले भने ‘नेपालका बारेमा छिमेकीले सोधेमा जफा दिनुपर्छ चुप लागेर बस्न हुँदैन ।’
निधिले एमाले नेता माधव नेपाल चीनको सल्लाहमा उत्तर कोरिया गएको आरोप लगाएका छन् । परराष्ट्रमन्त्रालयले चीन नजान आग्रह गर्दा गर्दै माधव नेपाल चीन गएको उनले बताए । ‘माधवजी चीनको सुराकी भएर उत्तर कोरिया जान मिल्ने, प्रधानमन्त्रीले भारतमा केही बोल्न नुहँने हो र ?’ निधिले भने । – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्