देश बाढी-पहिरोग्रसित बनिरहेका बेला सामाजिक सञ्जालले नेपाल कम्युनिष्ट पार्टीका महसचिव नेत्रविक्रम चन्द विप्लवलाई गुहारेको छ ।
बिशेसगरी कोशी ब्यारेजमा पानीको सतह तीन लाख क्युसेक पुगेपछि ब्यारेजमा रातो बत्ती बलिरहेको छ । र ब्यारेजका सबै ढोका खोल्न भारतीय पक्षले आनाकानी गरिरहदा सामाजिक सञ्जाल फेसबुक र ट्वीटर प्रयोगकर्ताले महासचिव विप्लवलाई देश बचाउन आउन् अपिल गरेका छन् ।

‘विप्लव आउ, बाढी-पीडित बचाउ, वीप्लव दाई कोशी ब्यारेज बम हानेर खोल्नुपर्यो, अनुमति पाउँ विप्लव दाई बम हानेर कोशी ब्यारेजका ढोका खोल्छौं, मधेश डुब्न लाग्यो’ जस्ता स्टाटसहरुले सामाजिक सञ्जाल रंगिएको छ ।

यसअघि भारतले अघोषित रुपमा नाकाबन्दी गर्दा पनि विप्लवलाई यसरी नै सामाजिक सञ्जालले देश बचाउन आग्रह गरेका थिए । नेकपा कार्यकर्ताबाहेक अन्य पार्टीका युवाहरुले समेत सामाजिक सञ्जालमा विप्लवलाई गुहारेका छन् ।
पार्टी महासचिव विप्लवले जनताको उद्दारका लागि खटिन नेता कार्यकर्तालाई हिजै शनिबार नै निर्देशन दिइसकेका छन् ।
उता नेकपा चितवन, बाके, बर्दिया, सप्तरी, झापा, सुनसरी लगाएतका इन्चार्जहरु कार्यकर्ताहरुसंगै बाढीपीडितहरुको उद्दारमा खटिएका छन् ।

केहीदिनदेखिको अविरल वर्षाका कारण पहाडमा पहिरो र तराइमा बाढी र डुबानले जनजीवन निक्कै अस्तव्यस्त बनेको छ । बाढी-पहिरोबाट अहिलेसम्म देसभर ५९ जनाको ज्यान गइसकेको प्रहरीले बताएको छ ।
सुनसरीतर्फ २८ र सप्तरीतर्फ २८ गरी कुल ५६ वटा स्पातको ढोका रहेका कोशी ब्यारेजसँग निर्माणपछिको सुरुवातीकालमा ९ लाख ५० हजार क्यूूसेक प्रतिसेकेण्ड दरको पानी थेग्नसक्ने क्षमता थियो । यसको लम्बाई एकहजार १ सय ४९ मिटर रहेको छ ।
समग्रमा कोशी र कोशीको पानीतर्फ कर्के नजर लगाएको भारतसँग तल पर्न ५५ वर्षअघि गरिएको सम्झौताको पुनरावलोकन नभएसम्म कोशीको कहर र त्रास कम हुने अवस्था छैन ।

नेपाल र भारत बीच भएका विभिन्न समयका सन्धिहरुले देशका नागरिकहरुलाई हरसमय असुरक्षित बनाई रहेको छ। नेपाललाइ असर पारिरहने पुराना सन्धि सम्झौताहरुलाइ पुनरावलोकन गर्न देशका प्रमुख नेतृत्व चुकिरहेका छन्। यिनै सन्धि र सम्झौताहरुको बिरोधमा जनयुद्द गरेको माओवादी पनि सन्धि पुनरावलोकन गर्ने मुद्दा हराएर, बरु पटक पटक देशलाई घात हुने नयाँ सन्धिहरुमा सहभागी भएको छ।

यिनै भारतका सम्पूर्ण पुराना सन्धि सम्झौताहरुलाई खारेजी गर्नुपर्छ भन्दै तिब्र बिरोध गर्दै संघर्ष गरिरहेको विप्लवको पार्टी नेकपालाई यस अर्थमा पनि बम हान्न आग्रह गरिएको धेरैको भावार्थ रहेको छ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्