
काठमाडौँ – निर्माण कार्य सम्पन्न भएर उद्घाटनको तयारीमा रहेको राजधानीको ढल्कोस्थित विष्णुमति नदीमाथि बनेको पूल भाँचिएको छ । ढल्कु र नरदेवी जोड्नका लागि बनाइएको उक्त फलामे पूल डेढ करोडको लागतमा सम्पन्न गरिएको थियो।
एक हप्ता पछाडी उद्घाटन गर्ने कार्यक्रम राखिएको उक्त पूल काठमाडौं दिगो सहरी विकास आयोजना अन्तर्गत हिम सगरमाथा कन्सट्रक्सन प्रालीले निर्माण गरेको हो। तर एक हप्ता अगावै पुल भाँचिएपछि सबै आश्चर्यचकित परेका छन् । फलामको फ्रेममा स्ल्याब राख्दै गर्दा पुल भाँचिएको हो । फलामको फ्रेम राखेपछि अहिले सिमेन्टको स्ल्याब राख्ने काम भइरहेको थियो । स्ल्याब राख्दै गर्दा विहीवार साँझ पुल भाँचिएको हो ।
पुल भाँचिदा ५ जना कामदार घाइते भएको महानगरीय अस्थायी प्रहरी विट ढल्कुले जनाएको छ। स्थानीय वासिन्दाले कमजोर निर्माण सामग्री प्रयोग गरेका कारण पुल भाँचिएको आरोप लगाएका छन्।निर्माण कम्पनीले चाहिँ स्ल्याबको भार फलामले थेग्न नसकेका कारणले पुल भाँचिएको जनाएको छ। पुल सडक विभागलाई हस्तान्तरण गरिनसकिएकोले निर्माण कम्पनीले नै फेरि बनाउनुपर्ने नियम छ । – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्