
नयाँ दिल्ली- भारतमा रहेर सिए अध्ययन गरिरहेका नेपाली कांग्रेस निकट सीए विद्यार्थी संगठन सिए एनएसयुले नयाँ दिल्लीमा एक विशेष कार्यक्रम आयोजना गरेको छ । तराइमा केहि समय अगाडी आएको बाढीका पीडीतहरुलाई राहत संकलनार्थ आयोजना गरिएको उक्त कार्यक्रममा तराइ, हिमाल, पहाडमा बहुसंस्कृति, भाषा र जातीलाइ समेटेर निर्देशित नाटक समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्व प्रकाश शर्मा र नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरको समेत उपस्थिति थियो । कार्यक्रममा बोल्दै उनीहरुले देश विकासमा आर्थिक विकासको महत्वलाइ उजागर गर्दै सीए विद्यार्थीहरुले खेल्न सक्ने भुमिकाका बारेमा प्रकाश पारेका थिए । उक्त कार्यक्रममा अबोल्दै शर्माले नेपाली जनता राजनीति डिप्रेसनमा रहेको भन्दै लोकतन्त्रको जगेर्ना गर्न डेमोक्रेट सीएहरुको भुमिका अहम् हुने धारणा राखेका थिए भने समाजको आर्थिक पारदर्शीताका लागि सीएहरुको भुमिका औल्याउँदै उनले उग्र बामपन्थीहरुको हालिमुहालीले नेपाल बिग्रिएको आरोप पनि लगाए ।
यस्तै कार्यक्रममा नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले भारतमा नेपाली विद्यार्थी संगठनको गठन र त्यसका लागि गरेको संघर्ष स्मरण गर्दै मुलुकको विकासमा भारतमा रहेका विभिन्न संगठनका विद्यार्थीहरुले भुमिका खेल्न सक्ने बताएका छन् ।
सिए एनएसयुले यसअघि पनि नेपालमा आएका विभिन्न खाले विपतका समयमा राहत संकलन लगायतका कार्यक्रमहरु आयोजना गर्दै आएको छ । केहि बर्षअघि नेपालमा गएको विनासकारी भूकम्पका बेला पनि दिल्लीमा राहत संकलनका लागि सिए एनएसयुले महत्वपूर्ण भूमिका खेलेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्