
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – विगत २ महिनादेखि चीन र भारत बिच विवाद चलिरहेको छ । चीन र भुटानको सीमावर्ती क्षेत्र दोक्लमलाई लिएर उक्त विवाद भइरहेको हो । भारतीय अँग्रेजी अखबार दी हिन्दुले लेखेअनुसार नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई मुछ्ने प्रयास भारतले गरेको बुझिएको छ। देउवालाई आफ्नो पक्षमा बोल्नको लागि भारतले दवाब सिर्जना गर्ने बुझिन्छ । आउँदा दिनमा दोक्लम विवादबारे चीन–भारतबीच चलेको विवादको एक पक्षमा उभिन नेपालले ठुलो दवाव सामना गर्नु पर्ने देखिन्छ । भारतीय सञ्चारमाध्यमहरुले नै त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले देउवालाई भारतको पक्षमा बोल्न लगाउने भनेर योजना बनाइरहेको भनेर लेखेपछि यो रहस्य बाहिर आएको हो ।
दुई देशबीच जारी दोक्लम विवादबारे नेपालले अहिलेसम्म कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन तर भारतीय पत्रिकाले दाबी गरे झैँ दोक्लम विवादबारे प्रधानमन्त्री देउवाले मुख खोले भने भारत–चीन विवादमा नेपालको त्यो पहिलो अभिव्यक्ति हुनेछ ।
देउवाको आसन्न दिल्ली भ्रमणमा भारत र चीनबीचका द्विपक्षीय मुद्दाबारे नेपालको पोजिसन स्पस्ट गर्ने काठमाडौँस्थित स्रोतले उल्लेख गरेको आइतबार उक्त अखबारले प्रकाशित गरेको समाचारमा भनिएको छ ।दोक्लममा चीनले बनाउन लागेको सडकले आफ्नो राष्ट्रिय सुरक्षा खतरामा पर्ने दाबी भारतले गर्दै आएको छ भने चीनले निशर्तरुपमा भारतीय सेना दोक्लमबाट फिर्ता हुनुपर्नेमा जोड दिँदै आइरहेको छ । चीनले बनाउन लागेको सडकले आफ्नो राष्ट्रिय सुरक्षा खतरामा पर्ने दाबी भारतले गर्दै आएको छ भने चीनले निशर्तरुपमा भारतीय सेना दोक्लमबाट फिर्ता हुनुपर्नेमा जोड दिँदै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्