Skip to content
LAXMI SUNRISE BANK

बाढीपहिरो पीडितलाई १० लाख अमेरिकी डलर सहयोग दिने चीनको घोषणा

अर्थ सरोकार

काठमाडौँ – चीन सरकारले नेपालका बाढीपहिरोबाट पीडित भएकाहरुलाई १० लाख अमरेकी डलर नगद दिने घोषणा गरेको छ । चीनले बाढीपहिरोका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने भएको हो ।
मंगलबार भएको नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले उक्त घोषणा गरेका छन् । द्विपक्षीय वार्तामा नेपालको प्रतिनिधित्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले गरेका छन् । वार्तामा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देव र सम्बन्धित मन्त्रालयका सचिव सहभागी थिए ।
लगानी बोर्ड, राष्ट्रिय योजना आयोग, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव पनि वार्तामा सहभागी छन्।प्राकृतिक बिपत्ती आएको बेला नेपाल भ्रमणमा निस्किएका चिनिया सरकारका उपप्रधानमन्त्रीले यस्तो सहयोग घोषणा गरेसंगै बाढीपीडितहरुले सहयोग आफुहरुसम्म आउने वा बिगतमा भूकम्पपीडितको लागी आएको राहात खेर गए झैँ हुने भन्ने आसंका व्यक्त गर्न सुरु गरेका छन् ।
स्मरण रहोस भूकम्प पीडितका लागी बिदेशी संघसंस्थाबाट जुटेको रकम पीडितले नपाएर खेर गएको थियो । अहिले पनि भूकम्प पीडितका लागी भनेर जुटेको अरबौं रकम सरकारको खातामा थन्किएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK