- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ । उनकी श्रीमति कल्पना उप्रेती शर्माले गैरकानूनी रुपमा शर्मालाई थुनामा राखेको भन्दै गत असार २७ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेकी थिइन । सोही रिट अन्तर्गत सर्वोच्चले आजउनलाई थुनामुक्त गर्न आदेश सुनाएको हो ।
गत जेठ १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई पक्राउ गरेको थियो । आयोगले १० अर्ब २ करोड रुपैयाँको माग दावी गर्दै साउन १ गते विशेष अदालतमा उनीसहित २ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।