
म्याग्दी – मुस्ताङमा भने गाउपालिका प्रमुख र उपप्रमुखबीच नै कुटाकुट भएको छ । मुस्ताङको बाह्रगाउँ–मुक्तिक्षेत्र गाउँपालिकाका उपप्रमुख शिव गुरुङलाई सोही गाउँपालिका वडा नम्बर–४ का वडाध्यक्ष तेन्जिङ गुरुङले रक्सी सेवन गरेर कुटपिट गरेका हुन् । कार्यकक्षमा प्रवेश गरी कुटपिट गरेका तेन्जिङले प्रहरी कार्यालयभित्रै उपप्रमुख गुरुङमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले बताएको छ ।
कुटपिटबारे प्रहरीमा उजुरी दिन गएको बेला तेन्जिङका बुबा नोर्बुले समेत उपप्रमुख गुरुङमाथि दुर्व्यवहार गरेको एमाले मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचनले बताए । नेर्बु गुरुङ नेपाली कांग्रेस मुस्ताङका कार्यबाहक अध्यक्षसमेत हुन् । सहायक प्रजिअ खड्काले कुटपिटको कारणकोबारेमा अनुसन्धान भइरहेको बताए । खड्काले कुटपिटमा संलग्न गुरुङद्वयलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको बताए ।
जनताको मतबाट निर्वाचित भएका जनप्रतिनिधिहरु काम गर्नको साटो अापसमा झगडा गर्न थालेपछि जनता हैरान हुन् पुगेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्