Skip to content
LAXMI SUNRISE BANK

भारतले बुन्यो खतरनाक सड्यन्त्र, देउवालाई चीनविरुद्ध बोल्न लगाउने यस्तो योजना

अर्थ सरोकार

काठमाडौँ । नेपाललाई चिन बिरोधी बनाउन भारतले खतरनाक सड्यन्त्र रचेको खुलासा भएको छ। छिमेकि मुलुक चीनका बिरुद्ध नेपाललाई उभ्याउदा फाइदा हुने भएपछि भारतले यस्तो योजना बनाएको बुझिएको छ ।
त्रिदेशीय विन्दु दोक्लममा चीन र भारतबीच जारी विवादमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पक्षमा बोल्न लगाएर चीनका बिरुद्ध नेपाललाई उभ्याउन खोजिएको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले लेखेको छ।
भारत–चीन–भुटानको त्रिदेशी विन्दु दोक्लमलाई लिएर बिगत दुई महिना देखि भारत र चीनबीच विवाद छ । दोक्लममा चीनले बनाउन लागेको सडकले आफ्नो राष्ट्रिय सुरक्षामा असर पर्ने भारतले बताउने गरेको छ भने चीनले निशर्तरुपमा भारतीय सेना दोक्लमबाट फिर्ता गर्नुपर्नेमा जोड दिँदै आइरहेको छ ।
‘आउँदा दिनमा दोक्लम विवादबारे चीन–भारतबीच चलेको विवादको एक पक्षमा उभिन नेपालले ठुलो दवाव सामना गर्नेछ, आइतवार उक्त अखबारले प्रकाशित गरेको समाचारमा भनिएको छ,‘ देउवाको आसन्न दिल्ली भ्रमणमा भारत र चीनबीचका द्धिपक्षीय मुद्दावारे नेपालको ‘पोजिसन’ स्पस्ट गर्ने काठमाडौँ स्थित स्रोतले उल्लेख गर्यो ।’
दुई देशबीच जारी दोक्लम विवादबारे नेपालले अहिलेसम्म कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन् । यो विवादमा नेपाल तटस्थ रहनुपर्ने मत नेपालमा बलियो छ । भदौ पहिलो साता भारत भ्रमणमा जाने तयारीमा रहेका देउवालाई आफ्नो पक्षमा बोल्न लगाउन सक्दो प्रयास गरिरहेको खुलासा भएको छ ।
देउवाको भ्रमण अघि १५ औं विमिस्टेक विदेश मन्त्री स्तरीय बैंठकमा भाग लिन भारीय विदेश मन्त्री सुस्मा स्वराज २६ साउनमा नेपाल आउँदैछिन् । उनले नेपालमा रहदा बहुपक्षीय बैंठका साथै द्धिपक्षीय भेटघाट गर्ने छिन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK