×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाढी प्रभावित क्षेत्रमा राहात लिएर आफै पुगे प्रधानमन्त्री देउवा र गृहमन्त्री शर्मा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बाढी प्रभावित क्षेत्रमा राहात लिएर आफै पुगे प्रधानमन्त्री देउवा र गृहमन्त्री शर्मा

Artha Sarokar

३० श्रावण २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – निरन्तरको बर्षाका कारण पहाडी क्षेत्रमा बाढी र तराइ क्षेत्र डुबानमा परिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मा आफै राहात लिएर प्रभावित क्षेत्रमा पुगेका छन्।
राहतका सामाग्रीसहित प्रधानमन्त्री देउवाको नेतृत्वमा उच्चस्तरीय सरकारी टोली मध्य तथा पूर्वी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत पुगेको हो ।
यहाँ पुगेर सरकारी टोलीले उद्धार कार्यको प्रभावकारिता निरीक्षण गर्दै थप अल्पकालिन तथा दीर्घकालिन योजना बनाउने योजना रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि आइतबार बेलुकी बसेको आकस्मिक मन्त्रीपरिषद बैठकले मृत्यु हुने प्रत्येक व्यक्ति २ लाख राहत स्वरुप वितरण गर्ने निर्णय गरिसकेको छ ।
साथै, बैठकले सबै मन्त्रीहरुको एक महिनाको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गराई बाढी प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्ने निर्णय पनि गरेको छ ।
यसैबीच गृहन्त्रालयले जिल्लामा कार्यरत सरकारी कर्मचारीहरुको विदा वा काज स्वीकृत नगर्ने र मनसुन अवधीभर जिल्ला नछोडन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी