×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हँसिया हथौडामा भोट नदिने कांग्रेसलाई कारवाही गर्छु – देउवा

PRIME CA
GLOBAL IME BANK

हँसिया हथौडामा भोट नदिने कांग्रेसलाई कारवाही गर्छु – देउवा

१९ श्रावण २०७४, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा मुग्लिन नारायणघाट सडकको निरक्षणमा पुगेका बेला सडक निरक्षण सहित माओवादी केन्द्रकी उम्मेद्धार रेणु दाहाललाई भोट मागे सो बासिन्दालाई भोट मागेका छन् । भरतपुर पुगेका देउवाले  बुधबार मुग्लिन नारायणघाट सडक खण्डको अवलोकन निरक्षणमा कांग्रेसका कार्यकर्ताहरुलाई भोट हँसिया हतौडामा हाल्न निर्देशन गरेका थिए । 
भरतपुर महानगरपालिका वडा नं १९ मा साउन २० गते  निर्वाचन हुँदैछ । सडक खण्डको अवलोकन निरक्षणमा  गर्न पुगेका देउवा त्यहाँ पुग्दा निर्वाचनको माहोल शुन्य थियो । माहोल शुन्यको बेलामा उनले चितवन कांग्रेसका नेता कार्यकर्तालाई भेटघाटका लागि बोलाएर चुनाबमा भोट हँसिया हतौडामा गर्न आग्रह गरेका हुन् ।
देउवाले ४५ मिनेटको छलफलमा माओवादी उम्मेद्धार रणु दाहाललाई जिताउन कांग्रेस नेता कार्यकर्तालाई प्रचार गर्न आग्रह गरेका थिए । देउवाले भने – गठबन्धनबिरुद्ध मत हाल्दैन, उसका नाम टिपेर म कहाँ पठाउनु, देउवाले भने पार्टी निर्देशन नमान्ने कांग्रेस कार्यकर्ता हुँदैन,त्यसैले  म त्यस्ता कार्यकतालाई  कारवाही गर्छु अवश्य गर्ने छु ।
केहि  समय अगाडी मात्र माओवादीका कारणले हाम्रो शान खस्किएको थियो, त्यस्ता उम्मेवारको पक्षलाई       जिताएर राम्रो नहुने कुरा  चितवनका कांग्रेस नेता कार्यकर्ताले बताए । तर  देउवाले भने जे गल्ति हुनुथियो भइसक्यो, अब गठबन्धनको उम्मेद्धारलाई नजिताए अर्को गल्ति हुन्छ । देउवाले कांग्रेस नेता कार्यकर्तालाई अघिल्लो पटक भएको गल्ति नदोहरयाउने चेतावनी दिएको  स्रोतले बताएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आग्रह गरेपछि प्रधानमन्त्री देउवा मुग्लिन नारायणघाट सडक खण्डको अवलोकन गर्ने बहाना बनाएर आफ्नो  मकसद रेणुका पक्षमा भोट माग्नका लागि त्यहाँ पुर्याएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: