Skip to content
LAXMI SUNRISE BANK

निर्वाचन आयोगले प्रधानमन्त्रीसँग चुनावको मिति तोक्न गर्यो आग्रह, तीन दलको बैठक आज बस्दै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनका बिषयमा छलफल गर्न अपराह्न ४ बजे बालुवाटारमा बैठक बोलाएका छन् । निर्वाचन आयोगले चुनावको मिति तोक्न आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका हुन्  । बठकमा कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरु सहभागि हुने भएका छन् ।

प्रधानमन्त्रीसँग निर्वाचन आयोगले मंसिरको पहिलो साताभित्र चुनावको मिति तोक्न आग्रह गरेको थियो । आयोग प्रदेश र संसदको निर्वाचन छुट्टाछुट्टै गर्ने पक्षमा छन्  तर प्रधानमन्त्री देउवा एकै पटक गर्ने पक्षमा रहेका छन् भने दलहरु पनि एकै पटक गर्ने पक्षमा उभिएका छन् ।  चुनावको मिति तोक्ने बारेमा पहिले तीन दल र त्यसपछि सर्वदलिय बैठक बोलाउने तयारी प्रधानमन्त्रीले गरेका छन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK