- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – डा.गोबिन्द केसीको अनसनको मागलाई मध्ये नजर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको २४ घण्टे सक्रियतामा निस्किएका थिए । डा.केसीका मागलाई पुरा गर्न प्रधानमन्त्री देउवाले प्रत्यक्ष हात हाले र केसीलाई अनसन तोडन लगाएक छन् । डा. गोविन्द केसी अनशन बसेको ४ दिनपछि सरकारी टोलीले बार्ता थाल्यो । अनशन बसेको २३ औ दिनमा १९ पटक वार्ता हुँदा पनि सरकारी आग्रहलाई केसीले मानेका थिएनन् ।
डा.केसीका मागलाई सम्वोधन प्रधानमन्त्री देउवाले एकैदिनमा चार बैठकसम्म बसेका थिए । तर प्रधानमन्त्री शेरबहादुर देउवाको २४ घण्टे सक्रियतामा सुखद प्रतिफल निस्कियो । तीनपटक प्रमुख दलका नेताहरु राखेर उच्चस्तरीय बैठक गर्दा पनि केसीमा मागमा सहमति जुट्न सकेको थिएन तर देउवाले ठोस प्रस्तावसहित डा.केसी पक्षसँग सीधै सम्पर्क गरेका थिए ।
प्रधानमन्त्रीले डा. केसीका प्रमुख माग सम्बोधन हुनेगरी मंगलबार दिनभरमा चारवटा निर्णय गराएका थिए । डा.केसीको माग पूरा गर्ने प्रक्रियाका लागि कमिटी गठन गरेका छन् । प्रधानमन्त्रीको मनमोहन कलेज खरिद प्रक्रिया अघि बढाउने प्रस्तावप्रति डा. केसी सहमत भए र आफ्नो २३ औ दिनको अनशन तोडेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्