- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष पहलमै प्रेस युनियन र प्रेस सेन्टरबीच २५ औं महाधिवेशनमा गठबन्धन गर्ने समझदारी बनेको छ । आगामी भाद्र ४ र ५ गते काठमाडौँमा हुने नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा वर्तमान सत्ता गठबन्धनका दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रबीच नै तालमेल हुने निश्चित भएको छ ।
कांग्रेस सभापति देउवाले पत्रकार महासंघको निर्वाचनका विषयमा उम्मेदवार छनोट तथा गठबन्धन गर्ने जिम्मेवारी केन्द्रीय सदस्य डा. प्रकाशशरण महतलाई तोकेका छन्। गत दुइ कार्यकालमा कम्युनिष्ट पार्टी नेकपा एमालेनिकट पत्रकारहरुको संस्था प्रेस चौतारी, माओवादी निकट प्रेस सेन्टर, क्रान्तिकारी पत्रकार संघ लगायत साना संगठनहरुबीच बाम गठबन्धन हुँदै आएको थियो। तर, यो पटक सत्तासाझेदार दल कांग्रेस र माओवादी केन्द्रबीचको समझदारीका आधारमा पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियन र प्रेस सेन्टरबीच गठबन्धन हुने भएको हो ।
बरिष्ठ नेता रामचन्द्र पौडेलले खटाएका कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले प्रेस युनियनले नेतृत्व छोड्न नहुने अडान लिएपछि गठबन्धनका विषयमा निर्णय हुन सकेको थिएन । रिजालले प्रेस युनियनले नेतृत्व छोड्न नहुने पक्षमा रहेको र छोड्ने भए आफू बैठकमै नआउने बताएपछि देउवाले जिम्मेवारी दिएका नेता महतले निर्णय लिन असफल भएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्