
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – महानगरपालिकाको प्रमुखमा देवी ज्ञवालीलाई पराजित गर्दै माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी थिए । ज्ञवालीले मेयर पदमा आफू हारेपनि राजनीतिमा जितेको दावी गरेका छन् । नेकपा एमाले चितवनले माओवादी पार्टीलाई राज्य सत्ताको दुरुपयोग गरेर आफ्ना उम्मेदवार हड्पेको आरोप लगाएका छन् ।
एमाले चितवनले एमालेका पार्टीले निर्वाचन जित्ने भएपछि आर्थिक प्रलोभनमा पारेर षड्यन्त्र गरेको माओवादी पार्टीलाई आरोप लगाएका छन् ।
लोकतान्त्रिक प्रतिस्पर्धामा हारजित हुनु स्वभाविक भएपनि सत्तागठबन्धनले सत्ताको दुरुपयोग गरेर प्रमुख पदमा एमालेका उम्मेदवारलदाई पराजित गरेको छ । नेकपा एमाले चितवनले सर्वोच्चमा जानु नै गल्ती भएको ठहर गरेको छ । भरतपुर महानगरपालिकाको निर्वाचनको विषयमा सर्वोच्चमा जाँदा आफू पराजित भएको प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले बताए । निर्वाचन आयोगले गरेको पुनः मतदानको निर्णय नमान्दा पराजित भएको उनले बताए । वडा नम्बर १९ को मतगणना चलिरहँदा मतगणनाको क्रममा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुन मतदानको निर्णय गरेको थियो ।
एमालेले त्यो निर्णयकोविरुद्ध पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट हालेको थियो । सर्वोच्चको निर्णयमा ढिलाई हुँदा यो अवधिमा विपक्षीले तयारीको समय पाएकाले हार भएको ज्ञवालीले बताए । ज्ञवालीले भने लम्ब्याउने कुरा उहाँहरुको सेटिङ रहेछ, यो बीचमा उहाँहरुले चलखेल गर्ने मौका पाउनुभयो । उनले आयोगको निर्णय मानेर सोझै चुनावमा गएको भए आफूले चुनाव जित्ने दावी गरे । महानगरपालिकाको प्रमुखमा ज्ञवालीलाई पराजित गर्दै माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्