Skip to content
LAXMI SUNRISE BANK

डा.भट्टराई यक्लिए, दुई विकल्प बाँकी – राजनीतिक सन्यास कि माओवादी केन्द्रमा फर्किने

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – संविधान जारी भएपछि राजनीतिक एजेण्डा पुरा भएको र राजनीतिक एजेण्डा पुरा गर्नलाई बनेका पार्टीहरुले आर्थिक समृद्धिको एजेण्डा बोक्न नसक्ने भन्दै डा. बाबुराम भट्टराईले नयाँ शक्ति निर्माण गरेका थिए । आजभोली स्थानीय तहको निर्वाचनपछि दलहरु जुट्ने फुट्ने होडवाजी चलिरहेका बेला नयाँ शक्तिका संयोजक  डा. भट्टराई एक्लिएका छन् ।

स्थानीय तहको निर्वाचन सकिनसाथ डा.भट्टराईले अर्को कदम चलेका थिए  । संघिय समाजबादी फोरमसँग पार्टी एकताको थियो भट्टराईको यो कदमले उनलाई एक्लो बनाई दिएको छ । संघिय समाजबादी फोरमसँग उनको पार्टी एकता भएन नत सारथीहरुको साथ नै रह्यो । त्यसैले पनि उनी अहिले एक्लो बनेका छन् ।
डा.भट्टराईले नयाँ शक्ति निर्माण गर्दा पूर्वप्रशासकदेखि माओवादी युद्ध हाँकेका नेताहरुको सहयोग रहेका  थिए तर अहिले पूर्वप्रशासकदेखि युद्धमा समेत साथ दिएका नेताहरुले बाबुरामको पार्टीलाई छोडेर प्रचण्डतिर लागेका छन् । माओवादी पार्टीमा कहिले फर्किन्न भनेका बाबुरामसँग अहिले पत्नी हिसिला, नेता गंगा र करिष्मा मानन्धर मात्र बाँकी रहेका छन् । 
भट्टराईको पार्टी लगभग समाप्तीतिर गइरहेका बेला उनी विरामी परेर अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा भेट गर्न पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा फर्किन आग्रह गरेका थिए तर अस्पतालको बेडमै प्रचण्डलाई आफ्नो अडानमा सधै अडिग रहने बाबुरामले कार्यकारी राष्टपति, आर्थिक समृद्धिको बाटोमा पार्टीलाई लैजाने भए छलफल गर्न सकिने जवाफ दिएका छन् ।
नेता देवेन्द्र पौडेल, बामदेव क्षेत्री, रामचन्द्र झाले पछिल्लो समय साथ छोडिसेकका छन् । यी नेताहरुले भट्टराईको साथ छोड्नुभन्दा पहिले पूर्व अर्थसचिव समेत रहेका रामेश्वर खनाल, मुमाराम खनालले साथ छोडेका थिए ।स्थानीय तहमा नयाँ शक्तिले केही स्थान जित्ने दावी बाबुरामको थियो । संघिय समाजबादी फोरमसँग मिल्दा पनि सिमित स्थानमा मात्र जित्न सकेपछि बाबुरामका सारथीहरु आत्तिएका हुन् ।


बाबुराम भट्टराईसँग दुई विकल्प बाँकी रहेका छन् । एउटा माओवादी केन्द्रमा फर्किने अर्काे राजनीतिक सन्यास लिने । नयाँ शक्ति निर्माण गर्दा १० बर्षसम्म आफु सक्रिय हुने त्यसपछि सन्यास लिने बताएका थिए तर परिस्थितिले उनलाई अहिले नै सन्यास लिने अवस्थामा पुर्याएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK