Skip to content
LAXMI SUNRISE BANK

‘जन्मदैमा फल नपाएको झोकमा चिलाउनेको रुखमा कलमी नगरौं’ – बाबुराम

अर्थ सरोकार

नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराइले आफ्नो पार्टी समृद्ध नेपाल निर्माण गर्ने सपना बोकेको नितान्त नयाँ विरुवा भएको बताएका छन् । देवेन्द्र पौडेलसहितका केही पार्टीका केन्द्रीय नेताले पार्टी छोडेको घोषणा गरेपछि आक्रोशित देखिएका भट्टराइले सामाजिक सञ्जाल फेसबुकमा स्ट्य़ाटास राख्दै इसाराकै माध्यमबाट ती नेतामाथि आक्रोश पोख्दै व्यंग्य गरेका हुन् ।
‘जन्मदैमा फल लागिसकेको भ्रममा हौसिने तर फल नभेट्टेपछि निराश भएर विरुवा नै उखेल्ने वा पुरानो चिलाउनेको धोत्रो रुखमा लगेर कलमी गर्ने मुर्खता नगरौं ।सक्छौं धैर्यतापूर्वक विरुवालाइ माजल गरौँ,सक्दैनौ यो वा त्यो बहानामा आफैंले रोपेको विरुवालाई निमोठ्ने काम नगरौं’। भट्टराइले लेखेका छन्।
पछिल्लो पटक देवेन्द्र पौडेलसहितका १५ नेताले उनीसँग सम्बन्ध विच्छेदको बाटो तताएका छन् । त्यसै गरी रामचन्द्र झा र रामकुमार शर्माले पनि नयाँ शक्ति छाडेर आइतबार नै माओवादी केन्द्रमा प्रवेश गर्देछन् । – एस काठमाडौँ 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK