
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – डा. गोविन्द केसी अनसन बसेको आज १८ औँ दिन हो । उहाको स्वास्थ्य अवस्थ दिनानु दिन गम्भीर रुपमा बढ्दै गएको छ । सरकार र राजनैतिक दलले विगतमा आफूसँग गरेका सम्झौता उलंघन गरेको तथा चिकित्सा शिक्षा ऐनको विधयक एक वर्ष पुगिसक्दा पनि पारित नगरेको भन्दै केसी ११ औँ पटक अनशनमा बसेका हुन् । आज अनशनरत केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै, मृर्गौलामा समस्या देखिन शुरु भएको छ ।
बिहिबार संसद बैठकमा यसै बिषयमा स्वास्थ्य मन्त्रालयका सचिव डा. किरण रेग्मीले केसीको स्वास्थ्य गम्भीर बन्दै गएको जानकारी गराएका छन् । उनले भने – अहिले उहाँको मुटुको चाल बढेको छ, उहाँको रगतमा आवश्यक तत्वको कमी र अनावश्यक तत्व बढ्दै गएको छ, यस्तो अवस्थामा उहाँलाई एन्टिबायोटिक चलाउनुपर्ने अवस्था छ तर उहाँले मान्नुभएको छैन । केसीको मृर्गौलामा समस्या देखिन शुरु भएको छ यस्तै अवस्था बढ्दै गएमा अनशनपछि अपांगताको खतरा हुन सक्ने सचिव रेग्मीले जानकारी गराए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्