- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – मंगलबार साँझ शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरियो । उक्त पत्रकार सम्मेलनमा डा.गोबिन्द केसीले आफूले अनशन तोडेको नभई केही समयका लागि स्थगित गरेको बताएका छन् । कसैले डरायो अनि अनशन तोड्यो भनेर नसोचे हुन्छ म अविरल वर्षाबाट तराई लगायत देशका अन्य भूभागमा ठूलो जनधनको क्षति भएको समयमा मैले अनशनलाई निरन्तरता दिन उचित ठानिनँ तर आफू नागरिकले सहज स्वास्थ्य शिक्षा सेवा नपाएसम्म मेरो अनशन जारी रहन्छ – डा.केसीले बताए ।
बाढी पिडितको अवस्था सामान्य भएपछि आफू पुन अनसनमा बस्ने बताएका छन् । २३ दिन अनसन बसेका डा.केसीको स्वास्थ्य बिग्रीएको कारण मंगलबार साँझ आइसियुमा भर्ना गरिएको छ । उनी अनसन बस्नुको कारण जनता र विद्यार्थीमुखी ऐन ल्याएरै छाड्ने र निजी मेडिकल कलेज किन्न लागि आवश्यक मापदण्ड बनाउन समितिले गर्नु पर्ने रहेको छ । मनमोहन मेडिकल कलेजसहित निजी मेडिकल कलेज खरिद गर्न सरकारले मुख्य सचिवको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको छ ।
मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले निजी मेडिकल कलेज खरिदको लागि आवश्यक मापदण्ड बनाउन समिति गठन गरेको हो । चिकित्सा शिक्षा सुधारको माग राख्दै समितिमा स्वास्थ्य सचिव, शिक्षा सचिव, अर्थसचिव र सार्वजनिक खरिद कार्यालयका सचिवहरुको समिति बनाईएको छ । त्यस्तै माफियाहरुलाई परास्त पार्दै जनता र विद्यार्थीमुखि ऐन ल्याएर छाड्ने स्पष्ट पारेका छन् । जनताले तिरेको करबाट सभासदहरुले तलब भत्ता खाएका छन् तर जनताको स्वाथ्य र शिक्षाको विषयमा मौन छन् । यस्तो घृणित कार्यमा कार्य गरिरहेका सभासदहरुलाई ठिक ठाउमा ल्याउन आन्दोलन आवश्यक रहेको बताएका छन् ।