
सबै मन्त्रीको एक महिनाको तलब
प्रधानमन्त्रीसहित २७ मन्त्रीले एक महिनाको तलबबापत १६ लाख ७५ हजार १ सय ९० रुपैयाँ बाढी प्रभावितलाई दिने निर्णय गरिसकेका छन् कर्मचारीले पनि एक दिनदेखि पाँच दिनसम्मको तलब बाढी प्रभावितलाई दिने निर्णय गरेका छन् ।
गृहले पठायो ७ करोड १० लाख
गृह मन्त्रालयले बाढीपहिरो प्रभावित १८ वटा जिल्ला र क्षेत्रीय प्रशासन कार्यालय हेटौँडामा गरी बुधबार मात्रै ५ करोड १२ लाख रुपैयाँ पठाएको छ । बाढी प्रभावितलाई राहत तथा पुनस्र्थापनाका लागि सो रकम पठाइएको गृह मन्त्रालयका सहायक प्रवक्ता झम्क ढकालले जानकारी दिए ।
यसअघि गृहले ती जिल्लामा १ करोड ९८ लाख रुपैयाँ पठाएको थियो । बाढीपछि हालसम्म जिल्लामा जम्मा ७ करोड १० लाख पठाइएको गृह मन्त्रालयले जानकारी दिएको छ ।यो खबर आजको नयाँ पत्रिकामा छ ।
रकम संकलन हुन थाल्यो
बाढीपहिरोलगत्तै विभिन्न दाताबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा हुन थालेको छ । प्रधानमन्त्री कार्यालयका सहायक प्रवक्ता चिरञ्जीवी पौडेलले रकम जम्मा हुन थाले पनि त्यसको विवरण बिहीबारदेखि मात्रै लिइने बताए ।
उनका अनुसार विभिन्न दातालाई कोषको नाममा विभिन्न १८ वटा बैंकमा रहेको खाता नम्बर दिइएको छ । केही दाताले ती बैंकको खाता नम्बर लिएर गएकाले खातामा रकम जम्मा हुने क्रम सुरु भएको पौडेलले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्