
काठमाडौँ – मन्त्रीपरिषदको सोमबार बसेको बैठकले आगामी मङ्सिर १० गते प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन एकैसाथ गर्ने घोषणा गरेको छ । सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले १० गतेका लागि निर्वाचनको कार्यक्रम तोकिएको जानकारी दिएका हुन् ।
यसअघि निर्वाचन आयोगसँगको परामर्शपछि प्रमुख दलहरु संघ र प्रदेशको निर्वाचन एकसाथ गर्ने निष्कर्षमा पुगेका थिए। सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशसभा र केन्द्रीय संसदको निर्वाचन एकैपटक गर्ने गरि मंसिर १० गतेको मिति तोकेको हो ।
सो निर्णयबारे निर्वाचन आयोगलाई जानकारी दिनेसरकारका प्रवक्ता एवं सूचना तथा संञ्चारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए । निर्वाचन एकै चरणमा गर्ने वा दुई चरणमा गर्ने भन्नेबारे निर्वाचन आयोगले नै टुंगो लगाउने पनि उनले जानकारी दिए।
‘एक दुई चरण केहि भनिएको छैन। १० गते गर्ने भनेर निर्वाचन आयोगलाई लेख्ने भनिएको छ’, बैठकपछि बस्नेतले भने, ‘के गर्ने भन्ने निर्वाचन आयोगले गर्ला।’ मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्वीकृत गरेको छ। त्यस्तै, भ्रमणका क्रममा उठाउने विषयहरु समेत तय गरेको बस्नेतले जानकरी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्