×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्वराजाले ईश्वर पुकारेपछि हिमानीले थालिन यस्तो तयारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पूर्वराजाले ईश्वर पुकारेपछि हिमानीले थालिन यस्तो तयारी

Artha Sarokar

३१ श्रावण २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पूर्वराजा ज्ञानेन्द्र शाहले इश्वर पुकारेका छन् । उनले जनताका लागि ईश्वर पुकारेका हुन् । उनले तराईमा आएको बाढीबाट धनजनको क्षति भएकोमा दुःख व्यक्त गरेका छन् ।
पूर्वराजाका तर्फबाट सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट विगत केही दिनदेखि परेको अविरल वर्षाले देशको तराई लगायत विभिन्न भूभागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपले ठूलो धनजनको क्षति पुगाएकोमा गम्भीर चिन्ता एव दुःख व्यक्त गरिबक्सेको छ ।’ 
बाढीपीडित जनतालाई राहत एवं उद्धारमा सरकारले तदरूकता देखाउनुपर्ने उल्लेख गर्दै ‘विपत्तिको यस घडीमा उक्त क्षेत्रका जनतालाई राहत एवं उद्धार उपलब्ध गराउँदै प्रकोप नियन्त्रणका लागि सम्वन्धित पक्षले तदारूकता देखाउने छ भन्ने विश्वास गरिबक्सेको छ’ विज्ञप्तिमा भनिएको छ ।
सहायताका लागि हिमानी ट्रष्टले तयारी गरिरहेको पूर्वराजा ज्ञानेन्द्रको निजी सचिवालयका फणि पाठकले बताए । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी