×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्र बैंकको निर्देशिकाको धज्जी उडाउँदै गरिमा बिकास बैंकका संचालक ! मेयरसापहरुलाई चाहीं कानुन लाग्दैन ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – गरिमा विकास बैंकका दुइ संचालक मेयर भएपनि संचालक पद नछोडेको खुलासा भएको छ । स्याङ्जाको वालिङ नगरपालिकाको मेयरमा निर्वाचित भएका बैंकका अध्यक्ष दिलिप प्रसाद खाँड र  म्याग्दी जिल्लाको बेनी नगरपालिकाबाट मेयर बनेका अर्का संचालक  हरिकुमार श्रेष्ठपनि हाल संचालक पदमै छन् । 
नेपाल राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशिका २०७४ अनुसार निर्वाचित जनप्रतिनिधि भएको खण्डमा संचालक पद छोड्नुपर्छ । तर नेपाल राष्ट्र बैंकको निर्देशीकाको धज्जी उडाउँदै यी दुइले बैंकको संचालक पद छाडेका छैनन् । 
बैंकमा पनि यसबारे छलफल हुँदा ‘केहि हुँदैन’ भन्दै यी दुइ संचालकले अटेरी गरिरहेका छन् । ‘बैंकमा कुरा उठेको हो । तर अध्यक्षलाई कसले छुन सक्नु ? कसैले केहि गर्न सकेको छैन । बैंकमा मनपरी छ । राष्ट्र बैंकको निर्देशिका त रद्दीको टोकरीमा फालिने गरिएको छ ।’ बैंकका एक उच्च तहका कर्मचारीले अर्थ सरोकार डटकमलाई मेल लेखेका छन् ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: