- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । सोमबार प्रति तोला ५४ हजार ७ सयमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले बढेर ५४ हजार ८ सय मूल्यमा कारोबार भईरहेको छ ।
यस्तै गरि चाँदी मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुन मूल्य ४६ हजार ९ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३९ रुपैयाँ कायम गरेको छ।