- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रति तोला ५५ हजार ५ सयमा कारोबार भईरहेको छापावाला सुन आज १ हजारले बढेर ५६ हजार ५ सय मुल्यमा कारोबार भइ रहेको छ ।
यस्तै गरि चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुन मूल्य ४८ हजार ४ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६० रुपैयाँ कायम गरेको छ।