- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रति तोला ५४ हजार ८ सयमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर ५४ हजार ६ सय मूल्यमा कारोबार भईरहेको छ ।
यस्तै गरि चाँदी मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुन मूल्य ४६ हजार ८ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३४ रुपैयाँ ५ पैसा कायम गरेको छ।