- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रति तोला ५५ हजार ४ सयमा कारोबार भईरहेको छापावाला सुन आज ४ सयले घटेर ५५ हजार मुल्यमा कारोबार भएको छ ।
यस्तै गरि चाँदी मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुन मूल्य ४७ हजार १ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४३ रुपैयाँ कायम गरेको छ।