Skip to content
LAXMI SUNRISE BANK

इलाममा यस्तो अचम्म ! पुरिएको चिहान खनेर गहना चोरी !

अर्थ सरोकार

  • बिनय तिम्सीना / अर्थ सरोकार डटकम 
इलाम – लिम्बू परम्परामा मानिसको मृत्यु भएपछि शवसँगै उसले लगाएका गरगहना र प्रयोग गरेका सामग्री चिहानमा पुर्ने प्रचलन छ । यहि चलनको फाइदा उठाउँदै इलाममा लासहरुको गहना चोर्ने क्रम बढेको छ । यस्तै चोरीको घटना इलामको माईजोगमाई गाउँपालिका–४ नामसालिङमा समेत घटेको छ । माटोमा गाडिएको शव खनेर सुनका गहना चोरी भएको पाइएको छ । चिहानमा शवसँगै गाडिएको चार आनाको मङ्गलसूत्र चोरी भएको बताइएको छ ।
घटना केहि दिन अघिको हो । नामसालिङकी ३० वर्षीया सुनिता लिम्बूको टाइफाइडका कारण उपचारका लागि झापातर्फ लैजाँदै गर्दा बुधबार बाटैमा मृत्यु भएको थियो । बिहीबार लिम्बू परम्पराअनुसार घरनजिकै माटोमा पुरिएको उनको शव चौबीस घण्टा नबित्दै चिहान खनेर शुक्रबार राति मङ्गलसूत्र चोरी भएको स्थानीय बासिन्दा भुवन लिम्बूले जानकारी दिएका छन् ।
‘चिहानमा धेरै गरगहना पुरिएको आशङ्कामा शव खनेको देखियो’ उनले भने ‘कानमा लगाएको केही सुन छाडेर चोरले अन्य गहना पनि चोरी गरेर शव पुनः गाडेको भेटियो ।’
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK