Skip to content

राष्ट्रपति भवनमा प्रधानमन्त्री देउवालाई ‘गार्ड अफ अनर’

Dish Home

अर्थ सरोकार

काठमाडौँ  – भारतको पाँच दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।

विशेष राजकीय सम्मान ग्रहणका लागि राष्ट्रपति भवनको प्राङ्गणमा पुग्दा देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए ।

त्यसपछि उनी देउवा महात्मा गान्धीको समाधिस्थलमा गएर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । लगत्तै राष्ट्रपतिभवन फर्किएपछि बिहान १०ः३० देखि आधा घन्टा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले उनलाई शिष्टाचार भेट गर्ने कार्यक्रम छ । –  काठमाडौँ टुडे 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्