
काठमाडौँ – भारतले चीन र भुटानको सीमानाको दोक्लाममा जारी विवाद अन्त्यतिर उन्मुख भएको बताएको छ । भारतीय विदेश मन्त्रालयले सोमबार बिहान एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।
दोक्लाममा भएको घटनालाई लिएर पछिल्ला साताहरुमा भारत र चीनले कूटनीतिक संवादलाई कायम राखेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘ती संवादहरुमा हामीले हाम्रा बिचार व्यक्त गरेका छौं । र, हाम्रो चासो र स्वार्थ पनि सम्प्रेषित गरेका छौं ।’
दुईबुँदे विज्ञप्तिको दोस्रो बुँदामा भनिएको छ, ‘कूटनीतिक संवादहरुमा दोक्लामस्थित तनावपूर्ण क्षेत्रमा रहेको सीमावर्ती सैनिक गतिविधिबाट द्रुततर रुपमा छुटकारा पाउनेबारे चीनसँग समझदारी कायम भएको छ । र, उक्त विषयलाई लिएर थप संवादहरु जारी छन् ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्