
दमकः यौन धन्दामा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय दमकले दमकका विभिन्न होटलबाट १८ जना युवायुवतीलाई पक्राउ गरेको छ। पछिल्लो समय दमकका होटलमा पेसेवर यौनकर्मीको संख्या बढ्दै गएपछि प्रहरीले छापा मारेको थियो। सोही क्रममा अपत्तिजनक अवस्थामा दमकको साइनो होटलबाट दुई जोडी तथा होटलमा पेसेवर यौनकर्मीका रूपमा रहेका दुई जना युवतीलाई पक्राउ गरेको छ।
यस्तै, कनकाई होटलबाट पाँच जोडीलाई आपत्तिजनक अवस्थामा तथा पेसेवर यौनकर्मीको रूपमा रहेकी एक महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्ष मिलन बस्नेतले जानकारी दिए। सौगात होटलबाट अपत्तिजनक अवस्थामा एक जोडी तथा त्यही होटलमा पेसेवर यौनकर्मीका रूपमा कार्यरत एक महिलालाई पक्राउ गरिएको उनले बताए ।
स्थानीयले दमकमा यौनधन्दा धेरै हुन थालेको गुनासो गरेपछि होटलहरूमा छापा मारिएको प्रहरी निरीक्षक बस्नेतले बताए। उनले भने, ‘हामी चुनाव र त्यसपछि बाढीपीडितको उद्धारतर्फ केन्द्रित भएको समयलाई मौका छोप्दै यौनकर्मीहरू सक्रिय भएकाले हामीले छापा मारेका हौँ।ु पक्राउ परेकाबाट थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्