Skip to content
LAXMI SUNRISE BANK

बाढीपीडितलाई काँग्रेस सांसदहरुले दिने भए एक महिनाको तलब

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ  । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो । बैठकले देशभित्र र देशबाहिर रहेका पार्टीका कार्यकर्ता र शुभेच्छुकलाई बाढीपीडितको राहतका लागि पार्टीले स्थापना गर्ने राहत कोषमा रकम जम्मा गर्न आग्रह गरेको छ । कांग्रेस पार्टीका २०७ सांसदको एक महिना बराबरको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

बैठकपछि केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले जानकारी दिँदै सांसदहरुले सिधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने र अन्य व्यक्तिले पार्टीले स्थापना गरेको दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको बताउनुभएको थियो । बैठकले पार्टी कार्यकर्तालाई पनि बाढी तथा पहिरो पीडितको उद्धारमा खटिन निर्देशन दिएको छ । र राहत तथा उद्धारमा जुट्न सरकारलाई पनि आग्रह गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK