
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – अहिले कर फछ्र्यौट आयोग र यसले गरेका कामहरु चर्चामा छन् । विभिन्न कम्पनीलाई कर छुट दिईएको भन्दै चर्को आलोचना भइरहेको छ । हालका अख्तियार प्रमुखसमेत रहेका दीप बस्न्यातको अगुवाईमा यस प्रकरण अगाडी बढेको छ । तर खास कुरा के छ भने २०६३ मा गठित कर फछ्र्यौट आयोगले पनि तत्कालीन समयमा अरवौंको कर छुट दिएको थियो । र हालका अख्तियार प्रमुखसमेत रहेका दीप बस्न्यातसमेत त्यतिबेलाको आयोगका सदस्य थिए । आयोगको औचित्यतामाथि नै प्रश्न उठेका बेला यसअघि विभिन्न समयमा गठन भएका आयोगका बारेमा पनि चर्चा चल्न थालेको छ ।
२०६३ मा पनि दिईएको थियो अरवौंको छुट ! हालका अख्तियार प्रमुख नै थिए सदस्य !
हालका अख्तियार प्रमुखसमेत रहेका दीप बस्न्यातसमेत सदस्य रहेको यसअघिको कर फर्छ्योट आयोगले समेत अरवौंको कर छुट दिएको थियो । उक्त आयोग २०६३ मा गठन हुँदा हालका अख्तियार प्रमुख दीप बस्नेत सो समितीमा सदस्य सचिव रहँदा उक्त आयोगलेसमेत ठुलो रकम भ्याट छुट दिएको थियो । सो समयमा झन्डै १ सय १६ कम्पनीले कर छुट पाएका थिए । त्यसमध्ये आधाजसो कम्पनीले भ्याट छुट पाएको जानकारहरु बताउँछन् । हालका अख्तियारका प्रमुख आयुक्त बस्नेतसमेत सदस्य रहेको उक्त आयोगले कश्मा टेडस प्रालि, त्रिवेणी सिन्थ्टिक इर्न प्रा.लि, राम्चे ट्रेडर्स सिन्धुपाल्चोक लगायतका कम्पनीलाई मोटो रकम छुट दिएको थियो । स्रोतले दिएको जानकारी अनुसार ०६३ को आयोगले २५ अर्व कर्मध्ये ४ अर्व उठाएर बाँकी छुट दिएको थियो ।
विधि र ऐन एउटै, तर कसैलाई पक्रने, कसैले पक्रन लगाउने !
‘२०६३ मा गठन भएको आयोग र अहिले विवादमा आएको आयोग उही ऐनबाट बनेको हो । त्यतिबेला पनि अरवौंको कर छुट दिईएकै थियो । त्यतिबेला पनि भ्याट मिनाहा भएकै हो । तर अहिलेको आयोगका सदस्यलाई पक्राउ गर्ने र उबेलाका सदस्य अख्तियार प्रमुख हुने भन्ने कुरा जायज छैन । यदी आयोगनै गलत थियो भने त्यतिबेला गठित भएको आयोगका सदस्यलाई किन कारवाही नगर्ने ? त्यतिबेलाका फाइल किन नखोल्ने ? दीप बस्नेतसमेत सदस्य रहेको त्यतिबेलाको फाइल अव कसले खोल्ने ? प्रश्नहरु अनेकौं छन् । नत्र त अहिलेका आयोगका सदस्यहरुलाई रिसीईवी लिनकै लागि यो सब गरेको जस्तो देखिईहाल्यो नि !’ दीप बस्नेत निकट स्रोतले अर्थ सरोकार डटकमसँग भन्यो । यसले हालका अख्तियार प्रमुखपनि त्यतिबेलाको आयोगमा रहंदा कर छुट दिने मामलामा अछुतो थिएनन् भन्ने शंका उत्पन्न भएको छ ।
फाइल खोल्ने हो भने दीप बस्नेत अछुतो होलान् ?
अहिले कर फछ्र्यौट आयोग विवादको चरम उत्कर्षमा छ । २०६३ सालमा पनि कर छुट दिईएको थियो भने त्यतिबेलाका सदस्य र हालका अख्तियार प्रमुखसमेत रहेका दीप बस्नेतचाहिं अछुतो थिए होलान् त भन्ने प्रश्न उठेको छ । ‘त्यतिबेला दीप बस्नेत सदस्य भएको आयोगले पनि अरवौं रुपैयाँ छुट दिईएको छ । उ बेला आफु खाने अनि अहिले आफुले खान नपाएको झोकमा अरुलाई बलिको बोको बनाउने ?’ आन्तरिक राजश्व विभागकै एक उच्च तहका कर्मचारी भन्छन्, ‘कारवाही गरे सबैलाई गर्नुपर्यो । आयोग गलत थियो भने पहिलाको पनि गलत थियो । राज्यमाथि लुट मच्चाउनेलाई कारवाही गर्नुपर्छ । त्यसमा कुनै शंका छैन । तर एकोहोरो रुपमा चुडामणि शर्मा लगायतकालाई मात्र कारवाहीको दायरामा ल्याउन खोज्नु गलत हो । जुनसुकै बेला भएपनि गलत गर्ने हरेक व्यक्ति कानुनी कठघरामा उभीनुपर्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्