- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपालको राजधानीको धुलो धुवा र राजनीतिक वातावरणदेखि बालबच्चाको पढाई पनि बिग्रिदै गरेपछि अब पूर्वराजाको परिवारले वैकल्पिक बसोबासको रुपमा थाइल्याण्ड रोजेको छ । एक महिना अघि हिमानी शाह थाइल्याण्ड गएकी थिइन् । शाह भदौ २ गते शुक्रबार थाइ एयरको उडानबाट नेपाल फर्कंदैछिन् । यही मौकामा दरबार हत्याकाण्डमा परेकी पूर्वरानी कोमलको शरीरबाट गोली निकाल्ने प्रयास पनि हुँदै गरेको स्रोतले जनाएको छ ।
पूर्वरानी कोमलको मोटाइसँगै मधुमेह र रक्तचाप बढेका कारण तत्काल गोली निकाल्न नमिल्ने, तर अझै केही वर्ष गोली भित्रै रहँदा त्यो क्रमशः क्यान्सर बनेर शरीर गाल्ने खतरा देखिएको छ । अहिले तौल घटेको छ, तर मधुमेहको आक्रमणसँगै रक्तचाप स्थिर हुन नसक्दा समस्या आइरहेको हो ।
कोमल यहाँका महत्वपूर्ण कामहरु सकेर पुन ११ गते थाइल्याण्ड जाने उनको योजना रहेको छ । उता थाइल्याण्डमा पूर्वराजा ज्ञानेन्द्र शाहको विस्तृत स्वास्थ्य परीक्षण चलिरहेको निर्मल निवास स्रोतले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्