काठमाडौं – तीनओटा क्षेप्यास्त्र एकै साथ परीक्षण एक हप्ता नवित्दै उत्तर कोरियाले फेरि लामो दुरीको मिसाइल परीक्षण गरेको छ ।
उत्तर कोरियाले जापानतिर प्रहार गरेको मिसाइल समुन्द्रमा खसेको बीबीसीले जनाएको छ । स्थानीय समय अनुसार मंगलबार बिहान उत्तर कोरियाले जापानको जमिनमाथिबाट जाने गरी मिसाइल प्रहार गरेको हो ।
सुरक्षा चुनौतीका कारण जापानले मिसाइल ध्वस्त पार्नका लागि केही प्रयास नगरेको बिबिसीले जनाएको छ । मिसाइल समुद्रमा खस्नुअघि तीन टुक्रा भएको बताइएको छ ।
उत्तर कोरियाले पछिल्लो ८ वर्षमा धेरै प्रकारका धेरै मिसाइल परीक्षण गरेको छ । तर, जापनको अाकाश माथिबाट जाने गरी मिसाइल परीक्षण गरेको यो पहिलो पटक हो ।
गएको शुक्रबार र शनिबार उत्तर कोरियाले पूर्वी तटीय क्षेत्रबाट तीनवटा छोटो दूरीका मिसाइल परीक्षण गरेको थियो ।
जापानको सार्वजनिक प्रशारण संस्था एनएचकेले भने अहिलेसम्म क्षति भएको केही जानकारी नआएको बताएको छ । उत्तर कोरियालाई जापानले आवश्यक जवाफ दिने जापानको मन्त्रिपरिषदका सचिवले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्