
एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रबारे अनौठो भाविस्यबाणी गरेका छन् । बिहीबार पार्टी कार्यलय धुम्बराहीमा भएको कार्यक्रममा अध्यक्ष ओलीले अबको निर्वाचनमा माओवादी केन्द्र समाप्त हुने अनौठो भविस्यबाणी गरेका हुन्। ओलीले अव माओवादी केन्द्र मात्रै रहने तर्क गरे ।
‘माओवादी केन्द्र केन्द्रमात्र भो अव राजनीतिक पार्टी रहेन, गत निर्वाचनमा जनताले नै उसलाई जवाफ दिइसकेका छन् । अघिल्लो निर्वाचनमा जनताले पात झारे अवको निर्वाचनमा केही बाँकी रहदैन ।’
ओलीले माओवादी केन्द्रलाई विचारविहिन पार्टीको संज्ञा दिँदै बादशाहको पार्टीका रुपमा विकसित भएको टिप्पणी पनि गरे ‘एउटा पार्टीमा ४५ सालदेखि ७४ सालसम्म एउटै नेता भएको कहि देख्नुहुन्छ ?’ ओलीको प्रश्न थियो । उनले माओवादी अध्यक्ष प्रचण्डलाई बबुलको रुख भन्दै त्यो रुखमुनि केही पलाउँन नसक्ने टिप्पणी पनि गरे । भरतपुर महानगरको निर्वाचन परिणामप्रति लक्षित गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले त्याँहाको बास्तविकता सवैले थाहा पाइसकेको बताए ।
राष्ट्रियताका बारेमा एमालेसाग कसैको तुलना हुन नसक्ने भन्दै उनले अब राज्य बनाउने जिम्मेवारीआफ्नो पार्टीको काधमा दावी गरे । ‘कम्युनिष्ट हराउन कम्युनिष्ट भन्नेहरुले नै दक्षिपन्थीसँग मिलेर अवसरवादी चरित्र देखाए।’ माओवादी केन्द्रतर्फ इंगित गर्दै उनले थपे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्