
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अहिलेसम्मकै प्रधानमन्त्रीको भ्रमण मध्ये सबैभन्दा लज्जास्पद भएको टिप्पणी गरेका छन् ।
नियमित स्वास्थ्य परिक्षणको लागि थाईलैण्ड जाने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले आफ्नो जारी भारत भ्रमणको क्रममा नयाँ दिल्ली भारतीय नेताहरुको सामु दिएको अभिब्यक्ति र गतिविधि राष्ट्रिय स्वाभिमान विरुद्ध अत्यन्तै लज्जास्पद भएको बताए ।
ओलीले प्रधानमन्त्रीले दिल्लीमा दिएको अभिब्यक्तिले देशको स्वाभिमानको धज्जी उडाएको आरोप लगाए ।
उनले भने, ‘प्रसंग विना प्रधानमन्त्रीले संविधान संसोधनको विषयमा बोल्नु भारतलाई खुसी पार्न खोज्नु हो । पाएको संविधान संसोधनको जिम्मेवारी पुरा गर्न नसकेको भन्दै क्षमा याचना गरे जस्तो देखिन्छ ।’
ओलीले संविधान संसोधन पास गर्न नसकेकोमा प्रधानमन्त्रीले भारत समक्ष क्षमा याचना गरेको भन्दै नेपालको गरिमा भन्दा बाहिर गएर राष्ट्रियता, संसदको विषयमा आँच आउने अभिब्यक्ति, भारतलाई खुसी पार्न बोलिएको हुन सक्ने तर्क गरे ।
फरक प्रसंगमा उनले मनमोहन कलेजलाई बन्द गराउँदा जनताले उपचार गर्न पाउने र खोल्दा नपाउने तर्क गलत भएको भन्दै नेपाल स्काउटको लैनचौरमा रहेको तीन रोपनी जमिन आफ्नै पार्टीका कार्यकर्तालाई सुम्पेर विजनेश कम्प्लेस बनाउने प्रक्रिया सुरु गरेको प्रति आक्रोस ब्यक्त गरे । उनले भने, ‘यो कार्य कुनै पनि हालतमा स्विकार्य हुँदैन । यो काम रोकेर त्यहाँ स्काउट नै रहनु पर्छ ।’ – काठमाडौँ टुडे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्