काठमाडौं – नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जामन्त्री महेन्द्र बहादुर शाही र अाफ्नो सम्बन्धबारे पिहलो पटक मुख खोलेका छन् ।
मंगलवार विज्ञप्ति जारी गरेर घिसिङले मन्त्री र अाफ्नो सम्बन्धबारे संचारमाध्यमहरुमा अाएको समाचारमा सत्यता नभएको बताएका छन् । उनले अाफूलाई अख्तियार लगाएर हटाउन खोजेको भन्ने आरोपको खण्डन गरे ।
घिसिङले ऊर्जामन्त्री शाहीलगायत मन्त्रालयका पदाधिकारीहरु एक भएर ऊर्जा संकट समाधान गर्न सँगसँगै रहेको बताएका छन् । ‘ऊर्जा मन्त्री, ऊर्जा सचिवलगायत मन्त्रालय तथा विद्युत प्राधिकरणको सम्पूर्ण टीम एक ढिक्का भएर ऊर्जा क्षेत्रको तत्कालीन र दीर्घकालीन समस्या समाधान गर्न तदारुकताका साथ अगाडि बढिरहेका छ’ घिसिङले भनेका छन् ।
मन्त्री शाहीको नेतृत्वमा समग्र ऊर्जा क्षेत्रको पुर्नसंरचना गरी ऊर्जामा आत्मनिर्भर बनाउने लगायतका काम भइरहेको समेत निर्देशक घिसिङले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र उर्जा मन्त्री लगायत मन्त्रालयका पदाधिकारीबीचको सम्बन्ध चिसिएको खबर सार्वजनिक भएपछि उनले मुख खोलेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्