
भरतपुर काण्डको फैसला सुनाएर चर्चा र विवादमा रहेको न्यायलय फेरि अर्को एउटा यौनकाण्डका कारण चर्चामा आउने भएपछि त्यसलाई गुपचुप पारिएको छ । न्याय दिने निकाय न्यायलयमित्रै अस्थायी, करार र अविवाहित महिला कर्मचारीमाथि डरलाग्दो यौन शोषण हुँदो रहेछ भन्ने कुराको बलियो प्रमाण हो यो । एउटा काररामा रहेको कर्मचारीको निम्ति काठमाडौंको बसोबासलाई आर्थिक रुपले धान्न कति गाह्रो हुन्छ सबैलाई थाहै छ । यही विवशताको लाभ लिँदै खुशी पार्नु पर्ने हाकिमले तिनीहरुको यौन शोषण गर्ने गरेका छन् । तर, कुरा त्यसबेला बाहिर आयो जब उनीहरुले कार्यलयमा अगाडि नै फिट गरिएको सिसिटिभीलाई हेक्का नराखी आफ्नो यौन लिलालाई पूर्णता दिए ।
यस्ता प्रविधि मासिनको सहयोगी बनाउन जडान गरिएका भए पनि यो पटक भने घाँडो बन्यो र सबै पोल छताछुल्ल भयो । प्रशंग केही अघि मात्र न्यायाधीशलाई दिनुपर्छ भनी ३ लाख रुपैयाँ बुझ्दै गरेको मुद्दा फाँटका नायब सुब्बा श्याम अर्याल रंगेहात पक्राउ परेको जिल्ला ललितपुरको हो । यो घटना भएको छ महिला पनि भएको छैन । त्यो बेला प्रधानन्यायाधीश सुशीला कार्कीले हाम्रो क्षेत्रको कुरा हो, हामी नै कारबाही गर्छौं भन्दै उनलाई त अख्तियारको पञ्जाबाट छुटाइन तर अहिले उजुरी दर्ता फाँटमा तैनाथ भगवानको नाम गरेको सुब्बाले भण्डार कोठामा राति सवा सात बजे त्यहीँ करारमा कार्यरत अविवाहित युवतीसँग म्याद जारी गर्ने कोठामा राखेको यौन सम्बन्धको भिडियो सिसिटिभीमा देखिएको हो ।
अदालतप्रति आस्था घटछ भनेर यस्ता घटनालाई गुपचुप राख्ने न्यायमूर्तिहरुको दिमागमा यसरी अपराध लुकाउँदा विकृति बढ्छ भन्ने कुराको चेत कहिले खुल्ने होला ? अाजकाे जनआस्था साप्ताहिकमा खबर रहेकाे छ ।
https://arthasarokar.com/2020/10/Lalitpur-Adalat-News.html
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्