
काठमाडौँ – एउटा नेपाली उखान छ, ‘जो अगुवा उही बाटो **वा ! यो उखान नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को हकमा पनि लागु भएको छ । दुइ बर्षअघि आइक्यानको अध्यक्ष भएका प्रकाश लम्साल र ४ बर्षअघि आइक्यानको अध्यक्षको बागडोर सम्हालेका प्रकाश लम्साल र महेश गुरागाईंले नियम विपरित लेखापरिक्षण गरेको खुलासा भएको छ । यसअघि गत साउन ४ गते महालेखापरीक्षकको कार्यालयले नियम विपरित लेखापरिक्षण गर्ने ६ सिए फर्महरुलाई कारवाहीको निर्देशन गरेको थियो ।
महालेखा परीक्षकको कार्यालयले नेपाल चार्टड एकाउन्टेन्ट्स ऐन, २०५३ को दफा ३४(१३) विपरित प्रचलित कानुन अनुसार लेखापरीक्षककोमा नियुक्ति हुन आवश्यक रिट पूरा भए नभएको यकिन नगरी लेखापरिक्षण गर्ने ६ सिए फर्महरुलाई कारवाही गर्न महालेखाले निर्देशन दिएको थियो । यसरी नियम विपरित काम गर्ने अडिट फर्महरुमा एनके शर्मा एण्ड कम्पनी, एसआर पाण्डे एण्ड कम्पनी, टीआर उपाध्याय एण्ड कम्पनी, कुबेर एण्ड कम्पनी, डी मण्डल एण्ड कम्पनी र अर्याल एण्ड अर्याल, चार्टड एकाउन्टेन्ट्स छन् । यीमध्ये एसआर पाण्डे एण्ड कम्पनीका सिए सुदर्शन पाण्डेपनि आइक्यानका पूर्वअध्यक्ष हुन् ।
महेश गुरागाईं र प्रकाश लम्सालले पनि गरे नियमविपरित लेखापरिक्षण !
आइक्यानका पूर्व अध्यक्षद्वय प्रकाश लम्साल र महेश गुरागाईंले सरकारी स्वामित्व भएका कम्पनीको लेखापरिक्षण गरेका छन् । लेखा परिक्षण ऐन २०४८ को दफा ७ (२) को व्यवस्था अनुसार नेपाल सरकारको अधिकांस स्वामित्व भएको संगठीत संस्थाहरुको लेखापरिक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्दा महालेखा परीक्षकको परामर्श लिनुपर्ने व्यवस्था भएपनि उक्त प्रक्रिया पूरा नगरी लेखापरिक्षण गर्ने यी दुइ सिएका सिए फर्मलाई पनि कारवाहीको निर्देशन केहि दिनमा आइक्यान पठाउन लागिएको महालेखा परीक्षकको कार्यालय स्रोतले जानाकारी दिएको छ ।
आइक्यानका पूर्व अध्यक्षद्वय प्रकाश लम्साल र महेश गुरागाईंले सरकारी स्वामित्व भएका कम्पनीको लेखापरिक्षण गरेका छन् । लेखा परिक्षण ऐन २०४८ को दफा ७ (२) को व्यवस्था अनुसार नेपाल सरकारको अधिकांस स्वामित्व भएको संगठीत संस्थाहरुको लेखापरिक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्दा महालेखा परीक्षकको परामर्श लिनुपर्ने व्यवस्था भएपनि उक्त प्रक्रिया पूरा नगरी लेखापरिक्षण गर्ने यी दुइ सिएका सिए फर्मलाई पनि कारवाहीको निर्देशन केहि दिनमा आइक्यान पठाउन लागिएको महालेखा परीक्षकको कार्यालय स्रोतले जानाकारी दिएको छ ।
यसअघि नेपाल सरकारको अधिकांस सेयर स्वामित्वको नेपाल स्टक एक्सचेन्जको पूर्ण स्वामित्व भएको सीडीएस एण्ड क्लियरिङ र नेपाल सरकारको अधिकांस स्वामित्व रहेको बुटवल धागो कारखाना लिमिटेडको आर्थिक बर्ष २०६७-६८ देखि ७२-७३ सम्मको लेखा परिक्षण गर्दा कानुनी व्यवस्था विपरित हुने गरी लेखा परिक्षण हुने भएको भन्दै आइक्यानलाई कारवाहीको सिफारिस गरिएको थियो ।
आफु फस्ने भएपछि ६ सिए फर्मलाई पनि कारवाही नगर्न प्रकाश लम्साल र महेश गुरागाईंको लविङ !
महालेखाबाट कारवाहीको निर्देशन नै आएका हुनाले आइक्यान यसअघिका ६ सिएहरुलाई कारवाही गर्न बाध्य हुनेछ । तर आफु फस्ने भएपछि प्रकाश लम्साल र महेश गुरागाईंपनि उनीहरुलाई समेत कारवाही नगर्न भन्दै लविङमा लागेका छन् । यसरी कारवाही गर्दा सबैभन्दा कम कारवाही गर्ने भन्ने चलन आइक्यानमा छ। मिलेमतोमा सबैभन्दा कम हुने कारवाही गर्दापनि कम्पनी ऐन अनुसार आउँदो ३ बर्षका लागि यी सिए फर्महरुले कम्पनीको लेखापरिक्षण गर्न पाउने छैनन् । यहि तनावले अहिलेका काउन्सिल सदस्य समेत रहेका प्रकाश लम्साल ठुलै लविङमा लागेका छन् भने महेश गुरागाईंपनि आफु अनुकुलका काउन्सिल सदस्यहरुलाई हारगुहार गरिरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्