काठमाडौं । चुनाव केन्द्रीत अभियान लिएर देश दौडाहमा निस्किएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विराटनगरस्थित भारतीय क्याम्प हटाउन आग्रह गरेका छन् । ‘यो हाम्रो पार्टी र मैले पहिलेदेखि नै विरोध गर्दै आएको कुरा हो’ विराटनगरमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले ‘नेपाली भूमिमा भारतीय क्याम्प राख्नु सार्वभौम मुलुकमाथीको हस्तक्षेप नै हो ।’
पछिल्लो समय भारतका गतिविधिप्रति असन्तुष्टी जनाउँदै आएका प्रचण्डले भारत भ्रमणमा प्रधानमन्त्री शेरबहादुर देउवाले गल्ति गरेको बताए । देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट जारी संयुक्त वक्तव्यमा कोशी बाँधको विषय उल्लेख गरिएको प्रतिपनि प्रचण्डले आपत्ति जनाएका छन् । ‘कोशी बाँधको बिषय संयुक्त वक्तब्यमा राख्न आवश्यक थिएन र संविधान संशोधनको प्रशंग पनि राम्रो भएन’ दाहालले भने ‘आज मात्रै मैले संयुक्त वक्तव्य हेरें । तर, त्यो कुरा उल्लेख गर्न आवश्यक थिएन । काठमाडौं फर्केपछि हामी प्रधानमन्त्रीसँग छलफल गर्छु ।’ – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्