काठमाडौं – अविरल बर्षापछि आएको बाढी पहिरोका कारण देश नै संकटमा परेको छ । खासगरी तराइ-मधेस डुबानमा परेको छ । मधेश डुबानमा परेको एक हप्ता बितिसकेको छ ।
डुबानका कारण हजारौ घर परिवार घरबारविहीन भएका छन्। अहिलेसम्म देशैभर १ सय १५ जनाको ज्यान गइसकेको छ भने ठुलो परिणाममा ठूलो जनधनको क्षति भएको छ ।
तराइका सुनसरी, बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिरहा, सप्तरी, मोरङ, बाँके, कैलाली, बर्दिया जलमग्न छन् । जनताहरुको जीवन बचाउन देश विदेशबाट आम नागरिकहरुले आव्हान गरिरहेका छन्।
पुर्वी तराइमा डुबानका कारण मृत्यु भएका मानिसको शव गाड्ने जमिन समेत नभएर कोशी नदीमा बालकको शब बागाउनुपरेको दर्दनाक पिडा तराईबासीका अगाडी छ ।
घरहरु पानीमा डुबेका कारण खाने अन्नबाली र सरसामान सबै बाढीले बगाएको छ। घर पालुवा गाइवस्तुको अवस्था नाजुक छ । बाढीका कारण तराइमा महामारी फैलिने बिकराल अबस्थाको सिर्जना हुँदै छ ।
यस्तो आपत्तीको बेला बाढी प्रभावित क्षेत्रका जनताको सहयोगका लागी विभिन्न संघ-संस्थाहरु राहत तथा उद्दारमा जुटेका छन् तर मधेसको नाममा राजनीति गर्ने मधेसी दल र तीनका नेता कार्यकर्ताहरु भने राहत तथा उद्दारमा देखिएका छैनन् ।
तराइबासीको पिडामा मलहमपट्टी लगाउन जुम्लामा समेत राहत संकलन हुँदा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र, राजपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका मधेसी नेताहरु डुबान क्षेत्रमा देखिएका छैनन् ।
यसरी देशै संकटमा परेको बेला मूलतः तराइ पुरै डुबानमा परेको बेला तराई मधेशको राजनिती गर्ने दलका नेताहरु गुमनाम जस्तै बन्दा यिनीहरुको राजनिती कसका लागी भन्ने प्रश्न चिन्ह खडा भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्