त
राई मधेसका जनतालाई डुबान तथा बाढीपहिरो जस्ता प्रकोपबाट बचाउन सरकारले भारतसँग सिधा सम्पर्क गरेको छ ।
राई मधेसका जनतालाई डुबान तथा बाढीपहिरो जस्ता प्रकोपबाट बचाउन सरकारले भारतसँग सिधा सम्पर्क गरेको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल–भारत सीमाका नदीमा रहेका बाँधको आवश्यक सबै ढोका खोल्न भारत सरकारसँग पहल गरेका हुन् । सरकारको पहलपछि ढोका नखोल्ने अडानमा बसेको भारत पनि पछि हटेको छ । कोशीसहित सीमा क्षेत्रमा नदीका अधिकांश ढोका खोलेर बढ्दो पानीको बहावलाई कम गर्दै सम्भावित दुर्घटना टरेको छ ।
उपप्रधानमन्त्री महराले नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीलाई टेलिफोन गरेर शुक्रबारदेखि जारी वर्षाका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको भन्दै भारतीय पक्षले आवश्यकताअनुसार सीमाका बाँधको ढोका खोल्नका पहल गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
डुबानका कारण तराईमा जनधनको क्षति भएको तथा जनजीवन पूर्णरुपमा प्रभावित भएकाले थप क्षति हुन नदिन बाँधको ढोका खोल्न आग्रह गरिएको हो । सप्तकोशी, लक्ष्मणपुरलगायत ब्यारेजको ढोका आवश्यकताअनुसार भारतीय पक्षले नखोलिदिँदा नेपालतर्फ डुबान बढ्दै गएपछि मन्त्री महराले सो आग्रह गरेका थिए । यसअघि गृहमन्त्री जनार्दन शर्माले बाँध खोल्नका लागि भारतसँग पहल गर्न महरालाई आग्रह गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्