
काठमाडौं । विभिन्न भ्रातृ संगठनका नेताहरू ठेक्कापट्टा, कमिशनमा सक्रिय हुन थालेपछि पार्टीको मुल मुद्दामा ल्याउनका लागि नेकपा माओवादी केन्द्रले कार्यकर्तालाई वैधानिक रूपले तह लगाउने निर्णय गरेको छ । वैधानिक रूपमा तह लगाउने तरिका अनुसार योङ कम्युनिष्ट लिग (वाइसीएल) र अनेरास्ववियु क्रान्तिकारीको सम्मेलन मिति तोकिएको छ । वाइसीएलको भदौ २ र ३ तथा क्रान्तिकारीको ७ देखि ११ को मिति तय गरिएको छ।
‘सवै मन्त्रालय र शक्तिकेन्द्रमा पुगी विभिन्न सिफारिसमा वयस्त हुँदा संगठन ध्वस्त भएपछि पार्टीको यस्तो निर्णय आएको हो,’ एकजना माओवादी नेताले भने । वाइसीएल सम्मेलनका लागि केन्द्रमा नेबबहादुर कुँवर ‘विवेक’को संयोजकत्वमा प्रतिवेदन समिति र रामप्रसाद सापकोटा ‘दिपशिखा’को नेतृत्वमा मुल व्यवस्थापन समिति गठन गरिएको छ ।
यसैगरी लिला शर्मा ‘अस्मिता’को नेतृत्वमा विधान समिति, शिव फुँयालको नेतृत्वमा प्रतिनिधि तथा पर्यवेक्षक व्यावस्थापन समिति, सुबोधराज शेर्पालीको नेतृत्वमा आर्थिक समिति, सुवित ढुंगानाको नेतृत्वमा स्वयंसेवक समिति बनाइएको छ ।
राष्ट्रिय सम्मेलनका लागि जिल्लाहरूबाट प्रतिनिधि चयन गर्ने काम जारी छ । सम्मेलन आयोजक समितिका संयोजक कुँवरका अनुसार ३५ भन्दा बढी जिल्लाबाट केन्द्रीय सम्मेलनका लागि प्रतिनिधि चयन भइसकेका छन् ।
अन्य जिल्लामा पनि प्रतिनिधि छान्ने काम जारी छ । सम्मेलनमा ४९९ प्रतिनिधि पर्यवेक्षकको सहभागीता रहने छ ।
वाईसीएलले केन्द्रीय सम्मेलन आयोजक समितिका सदस्यहरूलाई समेत अनिवार्य प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरेको छ । केही समय अघि सात युवा घटकबीच भएको एकताबाट ३९९ सदस्यीय आयोजक समिति बनेको छ ।
माओवादी केन्द्रको सहायक संगठन हुनुको हैसियतमा जबस मोर्चाको जस्तै गरी आन्तरिक चुनावी रणनीतिमा जाने कि नजाने भन्नेमा नेताहरूले निर्णय गरिसकेका छैनन् तर आन्तरिक रूपमा भने प्रतिस्पर्धाका लागि नेताहरू चुनावी दौडमा छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्