
- अर्थ सरोकार सम्बाददाता
विराटनगर – वाणिज्य तथा आपूर्तिमन्त्री शिवकुमार मण्डललाई कार्यकर्ताले २५ किलोग्रामको माला लगाएर स्वागत गरेका थिए । मन्त्री मण्डल मन्त्री भएर पहिलो पटक गृह जिल्ला मोरङ गएका थिए । मण्डलले आयल निगमको जग्गामा भएको अनियमितताको विषयमा दोषी देखिएका जो भए पनि तिनलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता प्रकट गर्नुका साथ दोषीलाई कारबाही गर्ने जनाएका छन् ।
विराटनगर विमानस्थलमा आइतबार संचारकर्मीसँग मन्त्री मण्डलले आफ्नो पद छाड्नुपर्ने अवस्था आए पनि कारबाही गर्न आफू पछि नहट्ने व्यक्त गरे।‘अनुसन्धान र कारबाही प्रक्रिया कसैको तागतले पनि रोकिने छैन’, उनको भनाइ थियो, ‘बरु मन्त्रालय छोड्नु पर्ने अवस्था आए छोड्छु तर दोषीलाई उन्मुक्ति दिन्न।’ जग्गा खरिदका विषयमा आएका समाचारप्रति आफू गम्भीर भएको र माहान्यायाधिवक्तामार्फत् कानुनी सल्लाह लिइरहेको जानकारी मन्त्री शिवकुमारले दिए।
लेखा समितिले अख्तियारलाई दिएको प्रतिवेदनबारे आफूलाई जानकारी भएको र मन्त्रालयले पनि छानविनका लागि छलफल अघि बढाएको उल्लेख गरे । विभिन्न सञ्चारमाध्यममा आइरहेको आइओसीसँग मिलेर पेट्रोलपम्प खोल्ने बारेको समाचारप्रति आफूलाई जानकारी नभएको उनको प्रतिक्रिया थियो। आइओसी र एनओसीबारे सबै विषय बुझ्न बाँकी रहेको स्पष्ट पार्दै मण्डलले नेपालको आत्मनिर्भरतालाई प्राथमिकता दिएर अघि बढ्ने विचार प्रकट गरे।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्