- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – व्यवस्थापिका संसद आज बुधबार बैठक बसिरहेको छ । बैठकमा कार्यसूचीमा लामो समयदेखि अड्किएको संविधान संशोधन विधेयकमा छलफल गर्ने भएको छ । संशोधन निर्णयार्थ प्रस्तुत गर्ने र पारित गरियोस् भनी प्रस्ताव राख्ने उल्लेख भएको छ ।
कार्यसूचीको छैटौँ बूँदामा कानुन न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७३ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यस्तै सातौँ बुँदामा सो विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
संविधान संशोधन विधेयकमा ५० वटा संशोधन प्रस्ताव रहेका छन् । संशोधनमा यस बारे छलफल भएको छैन । त्यसैले आज पारितको प्रक्रिया सुरु नभए पनि दफावार छलफल हुन सक्ने सम्भावना देखिएको छ । कार्यसूचीको आठौँ बुँदामा भने मन्त्री थापाले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७४ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्